ननट्यारिफ दररेटबारे बैठकमा विवाद, अमर्यादित भाषा प्रयोग गरिएको भन्दै बैठक बहिष्कार

३१ जेष्ठ २०७९, मंगलवार १८:०२

काठमाडौं । नेपाल बीमक संघले मंगलबार बसेको बीमा कम्पनीहरुको नियामक बीमा समिति सहितको सरोकारवाला पक्षको बैठक बहिष्कार गरेको छ । बैठकमा उठेका मुद्दाहरूको सवाल जवाफ चल्दैगर्दा सरोकारवाला पक्षबाटै अमर्यादित र तल्लो स्तरको भाषा शैलि प्रयोग गरी गालिगलौजमा उत्रिएको भन्दै संघले बैठक बीचमै बहिष्कार गरेको बीमक संघले जनाएको छ।

संघले उक्त बैठक बहिष्कार गरेकोसोबारे स्पष्ट पारेको छ । विगत पाँच पाँच वर्षदेखि हाइड्रो तथा ईन्जिनियरिङ्ग बीमामा अत्यधिक क्षती भएको कारण राम्रा स्तरका पूनर्बीमा कम्पनीहरुले नेपालको व्यवसाय गर्न छाड्न थालेको अवस्थाले बीमा क्षेत्र नै तहसनहस हुनसक्ने अवस्थालाई मध्यनजर गरी नियामक निकाय बीमा समितिले उपरोक्त व्यवसायहरूमा न्यूनतम दररेट जारी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*