सिद्धार्थ इन्स्योरेन्सले खुलायो ठूलो संख्यामा रोजागारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१ असार २०७९, बुधबार १०:१५

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

इन्स्योरेन्सले कर्णाली प्रदेश अन्तर्गत सुर्खेतमा अफिसर।सिनिययर अफिसर– मार्केटिङ हेडमा एकजना, वागमती प्रदेश अन्तर्गत कालिमाटी, सामाखुशी र चाबहिलको लागि जुनियर अफिसर फर मार्केटिङ, गण्डकी प्रदेश अन्तर्गत पोखराका लागि र लुम्बिनी प्रदेश अन्तर्गत बुटवल, भैरहवा, नेपालगंज र तुलसीपुरका लागि जुनियर अफिसर फर मार्केटिङ केही संख्यामा मााग गरेको छ ।

त्यस्तै, प्रदेश नं. १ अन्तर्गत विर्तामोड, इटहरी, विरगंज, इनरुवा, भोजपुर, धरान र विराटचोक, मधेश प्रदेश अन्तर्गत मिरचैया, लालबन्दी, गोलबजार, विरगंज, वागमती प्रदेशअन्तर्गत बनेपा, जोरपाटी, न्युरोड, गण्डकी प्रदेश अन्तर्गत दमौली, कुश्मा, वालिङ र दुलेगौडा, लुम्बिनी प्रदेशअन्तर्गत दाङ, गुलरिया, चन्द्रौटा, कोहलपुर, बिजुवार र नेपालगंज, कणार्ली प्रदेशअन्र्तगत जाह्रे र सुर्खेत र सुदुरपश्चिम प्रदेश अन्तर्गत अत्तरीया, लम्कि र धनगढीका लागि जुनियर असिस्टेन्ट।असिस्टेन्ट।सिनियर असिस्टेन्टमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

साथै हेड अफिस र केही ब्रान्चहरुका लागि असिस्टेन्ट।सिनियर असिस्टेन्ट फर हेल्थ इन्योरन्समा केही संख्यामा र बुटवल, नारायणगढ र पोखरा पृथ्वीचोकका लागि क्रप्स एण्ड क्याटल इन्स्योरेन्सका लागि असिस्टेन्ट।जुनियर असिस्टेन्ट केही संख्यामा कर्मचारी माग गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले सो पदहरुका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी १५ दिनभित्र कम्पनीको इमेल [email protected]मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*