स्वास्थ्य ऐनअनुसार नै स्वास्थ्य बीमा कार्यक्रम लागु हुने, स्वास्थ्य बीमा लागि ११३३ थरिका औषधी समावेश

१ असार २०७९, बुधबार १६:३६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य ऐनअनुसार नै स्वास्थ्य बीमा कार्यक्रम लागु हुने बताएका छन् । आज संसदमा बजेटमाथि उठेका प्रश्नहरुको उत्तर दिदैं मन्त्री खतिवडाले निजी कम्पनीलाई स्वास्थ्य बीमा नदिइनेबारे सपष्ट पारेका छन् ।

‘अर्थमन्त्रीको नियतबारे भोलि पनि उहाँ उभिनुहुन्छ सोध्नुहोला,’ मन्त्री खतिवडाले भने, ‘मेरो पनि म भन्दिन्छु, म लागु गर्दिन् । अहिलेको स्वास्थ्य ऐनले जे भनेको छ, जे उद्देश्यले गरिएको हो, जे भनिएको त्यही गर्छु ।’

यसअघि बजेटमा अर्थमन्त्री जनार्दन शर्माले निजी कम्पनीमार्फत बिमा कार्यक्रम लागु गर्ने बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो । ‘मैले भनेको झुटो भएमा मंसिरसम्म यही हुन्छौं, त्यही बेला सोध्नुहोला,’ खतिवडाले थपे ।

यसअघि स्वास्थ्य केन्द्रबाट निःशुल्क औषधी ७० वटा बाँडने गरिएकोमा अहिले अब ९८ वटा औषधी निःशुल्क बाँड्ने कुरा गरिएको मन्त्री खतिवडाले जानकारी दिएका छन् ।
स्वास्थ्य बीमा लागि ११३३ थरिका औषधी समावेश गरिएको उनको भनाइ थियो । किड्नी, स्पानइनल कर्ड, क्यान्सर र डाइलाइसिस नियमित गरिरहेकाहरुलाई महिनाको ५÷५ हजार दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च भनेर ६ हजार दिने गरिएमा त्यसलाई वृद्धि गरेर १२ हजार पु¥याइएको मन्त्री खतिवडाले बताए । अस्पताल स्तरोन्नती र उपकरणका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए । इमर्जेन्सी सेवा लिन आएका बिरामीहरुलाई सरकारी अस्पतालमा पैसा नभए नभएका कारण फिर्ता नगरिएको उल्लेख गर्दै उनले अझै पनि नगर्ने बताए । ‘पैसा नभएकै आधारमा नागरिकलाई उपचार गरेर सरकारी अस्पतालबाट निकाल्दैनौं,’ उनले थपे

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*