प्रिमियर इन्स्योरेन्सले एक साता निःशुल्क तालिम संचालन गर्ने

२ असार २०७९, बिहीबार ११:३२

काठमाडौ । प्रिमियिर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले निर्जिबन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एक साता तालिम दिने जनाएको हो ।

इन्स्योरेन्सले यहि असार ५ गतेदेखि असार ११ गतेसम्म बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई अनलाइनको माध्यमबाट तालिम संचालन गर्न लागेको हो । कम्पनीले उक्त तालिम निःशुल्क संचालन गर्न लागेको हो ।

तालिम असार ५ देखि असार ११ गतेसम्म बिहान ९ः४५ देखि ११ः४५ सम्म संचालन रहने कम्पनीले जनाएको छ । तालिममा सहभागी हुन चाहाने इच्छुक व्यक्तिले कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

 

(फाइनान्सिय नोटिस डटकमबाट लिएको सूचना)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*