युएईका राजकुमारले उपहार दिएकाे लाैराे नेपाल सरकारलाई उपहार दिने दुर्गा प्रसाईकाे घाेषणा

५ असार २०७९, आईतवार १४:०९

काठमाडाैं ।  दुर्गा प्रसाईले यूएईका राजकुमारले उपहारमा दिएको सुनको लौरो राज्यलाई दिने घोषणा गरेका छन् ।

बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत प्रसाईलाई शनिबार दुबईका राजकुमार शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले सुनको लौरो उपहार दिएका थिए । आइतबार प्रसाईले उक्त लौरो राज्यलाई उपहार दिने बताएका छन् ।     

उनले भने, ‘मलाई दिएको उपहार हो त्यो, सुनको हो कि के को हो, के को हो भने सोध्ने कुरो पनि भएन । तर पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु, हेरेको छैन ।’

उनले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँणसँग पनि कुरा गरेको बताए ।

‘लौरो लौरो भनेर धेरै कुरा आइसकेपछि मैले गृहमन्त्रीलाई राज्यलाई चाहिन्छ भने दिन्छु भनेको छु’ प्रसाईले भने, ‘गृहमन्त्रीले क्याबिनेटबाट निर्णय गरेर लिन्छु भनेका छन्, त्यसैले म दिन्छु ।’

उनले थपे, ‘मेरा बिजनेस पार्टनर (दुबईका राजकुमार) ले दिएको लौरो राज्यलाई दिन मलाई समस्या छैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*