पेट्रोलको मूल्य २०० पुर्याउने आयल निगमको निर्णय, डिजेल र ग्याँसको मूल्य कति पुग्यो ?

५ असार २०७९, आईतवार २३:३३

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य उच्च बृद्धि गर्ने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीले इन्धनको मूल्यमा भारी मात्रामा बृद्धि गर्ने निर्णय गरेका हुन् ।

आजदेखि लागू भएको नयाँ मूल्य सूचि अनुसार एक लिटर पेट्रोलको लागि २०० रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि १७८ रुपैयाँ थियो । निगमले पेट्रोलको मूल्य १९९ रुपैयाँ तोकेपनि सो मूल्य थानकोटका लागि हो । काठमाडौं बाहेकका पम्पहरुले १९९.५० रुपैयाँ र धनगढी र झापाका पम्पहरुमा २०० भन्दा बढि पर्छ । त्यस्तै, डिजेलको मूल्य पनि भारी मात्रामा बृद्धि गरी १९२ रुपैयाँ पुर्याइएको छ । त्यस्तै मट्टितेलको मूल्य १८५ रुपैयाँ तोकिएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य २७ रुपैया बढाएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको जनाएको छ ।
यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*