जनरल इन्स्योरेन्स कम्पनी पाचौं वर्षमा प्रवेश

६ असार २०७९, सोमबार १०:०६

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल आजबाट चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । पाँचौं बार्षिकोत्सवको अवसरमा कम्पनीले सबैमा शुभकामना व्यक्त गरेको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत आजसम्मको यात्रामा साथ दिने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

सञ्चालनको पाँच वर्षको अवधीमा कम्पनीले तीन दर्जनभन्दा बढि शाखा कार्यालयमार्फत निर्जिवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । काठमाडौंको हात्तिसारमा कार्यालय रहेको जनरल इन्स्योरेन्स कम्पनीले आम सर्वसाधारणलाई सम्पत्ति बीमा, स्वास्थ्य बीमा, सवारी साधन बीमा लगायतका सबै प्रकारको निर्जिवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

चालु आवको तेस्रो त्रैमासिक अवधीसम्ममा कम्पनीको चुक्ता पुँजि एक अर्ब रुपैयाँ रहेको छ । तेस्रो त्रैमासम्ममा आठ करोड रुपैयाँ खुद मुनाफा कमाएको कम्पनीले आईपिओ जारी गरेर नेप्सेमा कारोबार समेत हुँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*