आजैदेखि बढ्यो सार्वजनिक यातायातको भाडादर, कहाँको भाडादर कति ? (सूचिसहित)

६ असार २०७९, सोमबार १३:०१

काठमाडौं । सरकारले आजदेखि सार्वजनिक यातायात र ढुवानीका साधानहरुको भाडादर उच्च दरले बृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका अनुसार बढेको भाडादर आजैदेखि लागू हुनेछ ।

सरकारले इन्धनको मूल्यमा भारी बृद्धि गरेसँगै आजैदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादरमा भारी मात्रामा बृद्धि गर्ने निर्णय गरेको हो । जस अनुसार सबै प्रकारका यातायातका साधनहरुको भाडादर ५.३ प्रतिशतले बृद्धि गरिएको छ भने पहाडी क्षेत्रमा चल्ने मालबाहक सवारी साधनको भाडादर ७.७ प्रतिशतले बृद्धि गरिएको छ भने तराईको बाटोमा चल्ने मालबाहक सवारी साधनको भाडादर ६.९४ प्रतिशतले बृद्धि गर्ने निर्णय गरिएको छ ।

भाडा बढाउने निर्णय गरेसँगै उपत्यकाका सार्वजनिक यातायातमा न्यूनतम भाडादर २५ रुपैयाँका दरले भाडा उठाउन थालेका छन् । यातायात व्यवस्था विभागले उपत्यका लगायतका स्थानीय रुटको विषयमा केही बोलेको छैन ।

 

2079.03.06अन्तरप्रदेशभाडादर2022-06-20_12-28-38-219

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*