आईएमई जनरल इन्स्योरेन्सका ग्राहकले स्टीममा स्वास्थ्य परिक्षण गर्दा छुट पाउने

६ असार २०७९, सोमबार १३:१७

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका ग्राहकहरुले स्टीम सेन्टरमा स्वास्थ्य परिक्षण गर्दा विभिन्न स्कीम र छुट पाउने भएका छन् ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनी र स्टीम सेन्टरबीचमा आपसमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेको कम्पनीले आज प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकलाई काठमाडौंको बत्तीसपुतलीमा स्टीम सेन्टरमा प्याथोलोजी परिक्षण, रेडियोलोजी परिक्षण फार्मेसी, डेन्टर तथा अप्थाल्मोलोजिकल उत्पादनमा बढिमा १५% सम्म छुट प्राप्त हुने कम्पनीले जनाएको छ । स्टीम सेन्टर नयाँ स्वास्थ्य संस्था हो ।
नयाँ सम्झौतापछि ल्यावतर्फका १८९ भन्दा बढी, रेडियोलोजीतर्फको ८१ भन्दा बढी तथा डेन्टलतर्फको ३७ भन्दा बढी परिक्षणहरुमा छुट सुविधा पाइनेछ ।

 

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुखकार्यकारी अधिकृत श्री युगेशभक्तबादे श्रेष्ठले स्टीम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्नसक्ने जानकारी गराए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*