भोलिदेखि नियमित उडान रोक्ने वायु सेवा संचालक संघको घोषणा

७ असार २०७९, मंगलवार १४:०१

काठमाडौं । वायु सेवा संचालक संघ नेपालले हवाई क्षेत्रमा रहेका समस्या समाधानको माग राख्दै आजदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।संघले आज पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।भिन्न मागहरु राख्दै वायु सेवा कम्पनीहरुले माग पुरा नभए सम्म असार ८ देखि फ्लाइट, हेलिकप्टर नउडाउने भनेका छन् ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*