लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २९ गते, यस्ता छन् एजेण्डा

९ असार २०७९, बिहीबार ०५:२३

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले १७ औं वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले असार २९ गते बिहान ११ बजे, अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौं साधारण सभा बोलाएको हो ।

कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९।५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश पारित गर्नेछ । बोनस शेयर वितरण गर्दा फ्क्सनमा आउने शेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको हाल कामय १ अर्ब २५ करोड रुपैयाँ अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव समेत सभाले पारित गर्नेछ ।अन्य कुनै कम्पनीलाई प्राप्ति गर्न वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई सभाले अख्तियारी पनि प्रदान गर्नेछ ।

यस्तै सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुनेगरी ४ जना सञ्चालकको निर्वाचन गर्ने तयारी गरेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असार १५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असार १४ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*