सुन चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१० असार २०७९, शुक्रबार १२:१५

काठमाडौं । शुक्रबार सुनको भाउ ३०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९७ हजार ५०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १२५० रुपैयाँमा खरिदबिक्री भएको चाँदी तोलामा १० रुपैयाँले घटेर १२४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*