मर्जर प्रस्ताव पारित गर्दै सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

१५ असार २०७९, बुधबार १८:२९

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष खेमराजको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कम्पनीले उक्त सभामार्फत मर्जरबारे विशेष प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीले भविष्यमा कुनै निर्जिबन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि गर्न तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मुल्याकंनकर्ता नियुक्त गर्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले २०७९ साल चैत मसान्तभित्रमा सबै बीमा कम्पनीहरुको चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएसँगै बीमा कम्पनीहरु भटाभट मर्जरमा जान थालेका हुन् ।

समितिले निर्जिबन बीमा कम्पनीहरुको चुक्तापुँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएको थियो । सोही निर्देशनलाई पालना गर्दै कम्पनीले हकप्रदको बाटो नजोरी मर्जरमा जानका लागि उपयुक्त पार्टनर खोजेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*