आइएमई जनरल, नेपाल र प्रुडेन्सियल मर्जरबारे छलफल, नेपाल र प्रुडेन्सियल अनिच्छुक

१६ असार २०७९, बिहीबार १४:०६

काठमाडौं । आईएमई जनरल, नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले असार मसान्तसम्म मर्जरको अन्तिम् निर्णय गर्न निर्देशन दिएसँगै तीन कम्पनीहरुले विर्ग मर्जरको लागि छलफल अघि बढाएको हो ।

तर नेपाल इन्स्योरेन्स बीमा समितिको निर्देशनप्रति असन्तुष्ट बन्दै मर्जरमा खासै चासो देखाएको छैन । उता, प्रुडेन्सियल इन्स्योरेन्सलाई बीमा समितिले काटेको पत्र नै औचित्यहिन छ । बीमा समितिले क्रस होल्डिङ भनेर पठाएको पत्रमा उल्लेख गरिएको शेयरधनीले यसअघि नै शेयर बिक्री गरिसकेकोले बीमा समितिको पत्रको औचित्य नै सकिएको भन्दै मर्जरमा जाने कि नजाने भन्ने अन्यौलमा रहेको छ ।

बीमा क्षेत्रमा पहिलो पटक मर्जर प्रस्ताव गर्ने कम्पनी आईएमई जनरल इन्स्योरेन्स कम्पनी हो । कम्पनीले तीन बर्ष पहिला नेपाल इन्स्योरेन्स कम्पनीसँग मर्जरको प्रस्ताव लिएर बीमा समिति पुगेको थियो । विविध कारणले मर्जरमा असफल भएपछि कम्पनीले यस पटक भने विग मर्जरलाई छनोट गरेको छ ।

समितिले एक बर्षभित्र तोकेको पुँजि पुराउन र क्रस हेल्डिङमा भएका कम्पनीहरुलाई मर्जरको विकल्प छान्न निर्देशन दिएसँगै तीन कम्पनीले विग मर्जरको लागि छलफल अघि बढाएको हो । बीमा समितिले मर्जरमा जाने कम्पनीहरूलाई प्रोत्साहित सहित विभिन्न छुट र सुविधाको व्यवस्थासमेत गरेको छ ।

कतिपय कम्पनीले मर्जरको सौद्धान्तिक सहमति गरिसकेका छन् भने कतिपय कम्पनीहरु मर्जरमा जाने उपयुक्त पार्टनर खोज्ने क्रममा छन् । नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा आइएमई आइएमई ठूलो लगानीकर्ता हो । नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्समा विशाल गुप्रको ठूलो लगानी छ । पारस्पारिक सम्बन्धका कारण यी तीन कम्पनीबीच मर्जर बिषयमा छलफल केही समयअघि देखि नै उठ्दै आएको थियो ।

यी तीन वटा कम्पनीमा केही संचालकहरू एउटै व्यवसायिक घरानाका छन् । जसले गर्दा यी कम्पनीले पुँजी पुर्याउनका लागि एक आपसमा गाभ्न लागिएको हो । अन्तिम निर्णय भने भएको छैन तर छलफल भने चलिरहेको एक संचालकले बीमापोष्टलाई बताएका छन् ।

हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रूपैयाँ छ । प्रुडेन्सियल जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४७हजार रूपैयाँ र नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड २३ लाख ३९ हजार रूपैयाँ छ । यी कम्पनी मर्ज भएमा नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड माथि पुग्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*