निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३४ अर्बमाथि, शिखर अग्रस्थानमा (अन्यको अवस्था कस्तो)?

१६ असार २०७९, बिहीबार १४:२४

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३४ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यस त्रैमाससम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४० करोड ६३ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छ ।

बीमा समितिले उपल्बध गराएको तथ्यांअनुसार यस अवधिमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ७९ करोड ९४ लाख रूपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड २८ लाख रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड ५३ लाख रूपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड ४९ लाख रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९२ करोड ७९ लाख रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ७० करोड रूपैयार आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५३ करोड ७२ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, हिमालयन जनरलले १ अर्ब ८७ करोड ८४ लाख रूपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड ४५ लाख रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब ३६ करोड ५४ लाख रूपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड ६५ लाख रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३८ करोड ४५ लाख रूपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख रूपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब २२ करोड २२ लाख रूपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २० करोड ४८ लाख रूपैयाँ र एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ११ करोड १० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
जनरल इनस्योरेन्सले ८१ करोड ७८ लाख रूपैयाँ, सानिमा जनरलले ९० करोड ६८ लाख रूपैयाँ र नेशनल इन्स्योरेन्सले ८० करोड १५ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

Monthly-Business-Nonlife_Jestha2079

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*