नेको इन्स्योरेन्सद्धारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

१७ असार २०७९, शुक्रबार ११:४०

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको लागि सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९।०८० को लागि बीमा सर्भेयरको लागि सर्भेयर ब्यक्ति तथा संस्थालाई सूची दर्ता गर्न आह्वान गरेको हो ।

कम्पनीको बीमालेखमा परेका दाबीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकन गर्नका लागि नियमक निकाय बीमा समितिबाट सर्भेयर इजाजत प्राप्त गरी इजाजत बहाल रहेका सो कम्पनीमा सूचीकृत नभएका व्यक्ति वा संस्थालाई सूचीदर्ताका लागि कम्पनीले आह्वान गरेको हो ।

इच्छुक सर्भेयर ब्यक्ति तथा संघसंस्थाले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा वा शाखा कार्याहरु मार्फत दर्ता गराउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*