‘नेपहपको श्रीपेच’ विवाद बढेपछि निर्णायक बालेन साहले दिए बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता

२१ असार २०७९, मंगलवार १५:०२

काठमाडौं । याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् ।

सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका थिए । शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पुर्‍याउने आफूहरुको उद्देश्य नरहेको भन्दै मुकुट फिर्ता दिइएको बताए ।

शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइदिएका थिए । बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*