‘अर्थमन्त्री शर्माले राजिनामा दिएका छैनन्’ प्रम देउवाले राजिनामा मागेको कुरा सत्य होइन’

२१ असार २०७९, मंगलवार १७:३६

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे अनेकन कुराहरु बाहिर आइरहँदा उनले आफ्नो पदबाट राजिनामा नदिएको र प्रधानमन्त्री राजिनामा पनि नमागेको मन्त्रिपरिषदको बैठकमा सहभागी एक जना सदस्यले भर्खरै बीमापोष्टलाई जानकारी दिएका छन् ।

मन्त्रिपरिषदको बैठकमा सहभागी ति मन्त्रीका अनुसार अर्थमन्त्री शर्माले राजिनामा दिएको वा दिने सम्बन्धीमा कुनै छलफल भएको छैन । साथै अर्थमन्त्रीका सम्बन्धमा बाहिर आएका समाचाहरु अफवाह मात्रै भएको ति मन्त्रीले बताए । शेर बहादुर देउवा प्रधानमन्त्री भएपछि सुरुदेखि सहकार्य गर्दै आएका ति मन्त्रीका अनुसार अर्थमन्त्री शर्माले तत्काल राजिनामा दिने सम्भावना न्यून रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*