अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदले गठन गर्यो बिशेष समिति, ११ जना ससंदले सिसिटिभि फुटेज अनुसन्धान गर्ने

२२ असार २०७९, बुधबार १६:१०

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदले बिशेष समिति गठन गरेको छ। आज ११ जना ससंदले सिसिटिभि फुटेज अनुसन्धान गर्ने उक्त बिशेष समिति गठन भएको हो ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् । संसद सचिवालयका अनुसार समिति ११ सदस्यीय हुनेछ । सभामुख अग्नि प्रसाद सापकोटाले गठन गरेको संसदीय विशेष छानविन समितिमा सांसदहरु खगराज अधिकारी, देव प्रसाद गुरुङ, पुष्पा भुषालु, प्रदिप कुमार यादव, भानभक्त ढकाल, शक्ति बस्नेत, सरला कुमारी यादव, सिताराम महतो, लक्ष्मणलाल कर्णको नेतृत्वमा विशेष संसदीय समिति गठन गरिएको हो ।

संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन्।

दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*