के कारणले म अनैतिक भए ? पुर्वाग्रहको पराकाष्ठा होः अर्थमन्त्री शर्मा

२२ असार २०७९, बुधबार १६:२३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलका सांसदरहरुलाई संसदमा बोल्नै नहुने भनेर आफूले गरेको अपराध पुष्टि गर्न चुनौति दिएका छन् । संसदमा एमाले सम्बद्ध सांसदहरुले अर्थमन्त्री शर्माले बोल्ने क्रममा सदन नै बहिस्कार गरेपछि अर्थमन्त्री शर्माले प्रश्न गरेका हुन् ।

मन्त्री शर्माले भने यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । विषयहरु कसरी आए ? कसरी प्रस्तुत भए ? र यहाँ भ्रम सिर्जना गर्ने प्रयत्न भए ? यसको गहन अध्ययन हुनु जरुरी छ । मन्त्री शर्माले सहमतिमा विशेष छानविन समिति गठन गर्ने सहमति गरेर सदन आएर अनावश्यक रुपमा आफूविरुद्ध लान्छना लगाउने काम भएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*