अर्थमन्त्री शर्माद्धारा पदबाट राजिनामा, संसदमा गरे यस्तो घोषणा

२२ असार २०७९, बुधबार १६:३२

कामठाडौं । अर्थमन्त्री शर्माद्धारा पदबाट राजिनामा दिएको घोपाणा गरेका छन् । आज संसदमार्फत अर्थमन्त्री शर्माले आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा सम्बोधन गर्दै सडकबाट र नागरिक समाजले उठाएको आफ्नो राजिनामाको विषयलाई सम्मान गर्ने जनाएका छन् । मन्त्री शर्माले राजनीतिक प्रतिशोध लिने उद्देश्यले अघि बढाएको विषय, लगाइएको आरोपहरुको सचेत हुन आह्वान गरेका छन् ?

उनले संसदीय समितिले छानविनका लागि मार्ग प्रशस्त गरेको समेत बताए । उनले हजारौं छानविनका लागि आफू तयार भएको समेत बताए ।
राजीनामा घोषणाअघि शर्माले आफू सबै प्रकारको छानबिनको लागि तयार रहेको स्पष्ट पारेका थिए । उनले आफू एउटा छानबिनको लागिमात्रै नभएर हजारौं छानबिनको लागि तयार रहेको टिप्पणी गरेका छन् ।

उनले आफूले देश र जनताको पक्षमा काम गरेको जिकिर गरेका थिए ।आफूले राम्रो काम गर्दा गर्दैपनि आफूमाथि गलत आरोप लगाएर भ्रम छर्ने काम भएको उनको भनाई थियो । उनले छानबिन समितिले बाहिर ल्याउने कुराले नै सबै कुरा स्पष्ट पार्ने जिकिर गरेका थिए । उनले छानबिन समितिलाई आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री शर्माले भने, ‘मैले विगतमा दुधको मूल्य बढाएर बालबालिकामाथि अन्याय गरिन ? करको दर हेरफेर गर्दा व्यापारीसँग पहिल्यै मिलेमतो गरिन, सुपारी तस्करी रोके अब नेपालमा सुपारी, केराऊहरु तस्करी हुनै नसक्ने गरी रोक लगाईदिए । अनि म माथि नै यस्तो अन्याय लगाउने ? म नागरिक समाजलाई आग्रह गर्दछु, सच्चाईको गहिराईमा पग्नै पर्दछ । कतै फेरि अन्याय हुन्छ कि कसैलाई ? सोच्न आग्रह गर्दछु ।

 

बजेट निर्माण गर्दा त्रुटी गरिएको छैन । तोकिएका आधिकारिक व्यक्तिमार्फत बजेट निर्माण भएको छ । यो सच्याईलाई कसैले पनि झूठा सावित गर्न सक्दैन । मन्त्री शर्माले जनताले राहत पाउने बजेट ल्याएकोले दलाल र माफियाहरु अत्तालिएको आरोप लगाउँदै बजेट निर्माण मूल्य, मान्यता, नैतिकता, राष्ट्र र जनताप्रतिको इमान्दारिताका साथ काम गरेको बताए ।

आफूले कुनै गल्ती कमजोरी नगरेकोले जस्तोसुकै छानविनको लागि तयार रहेको अर्थमन्त्री शर्माले जनाएका छन् । हजारौं छानविनको लागि म तयार छु । सबै प्रकारको छानविनको लागि म तयार छु । आम नागरिकलाई भ्रम सिर्जना भएको कारण छानविन समिति गठनको सामाना गर्न आफू तयार रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*