६८ जना यात्रु लिएर पोखरामा अवतरण गर्दै गरेको यति एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त

१ माघ २०७९, आईतवार ११:३६

काठमाडौं । काठमाडौंबाट पोखरा उडानको क्रममा रहेको यति एयरलाइन्सको जहाज आज विहान दुर्घटनाग्रस्त हुन पुगेको छ । काठमाडौंबाट पोखरा पुगेको जहाज अवतरण गर्नु अघि नै सेती नदिको खोँचमा सेर दुर्घटनाग्रस्त भएको हो ।

जहाजमा ६८ जना यात्रु सवार रहेको जनाइएको छ । क्याप्टेन कमल केसीसहित चालक दलका सदस्यहरु रहेको जहाजमा आगो लागेको र हाल उद्धार कार्य भइरहेको छ । यात्रुहरुको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।

आज दुर्घटनाग्रस्त जहाज यतिको एटिआर ७२ जहाज हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*