अवतरणको अन्तिम अवस्थामा नियन्त्रण गुमाउँदै यसरी खस्यो जहाज, बायाँ मोडियो अनि उल्टिदै खोँचमा बजारियो (भिडियो सहित)

१ माघ २०७९, आईतवार १३:१७

काठमाडौं । आज विहान पोखरास्थित दुई वटा विमानस्थलको बीचमा भएको यति एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटना निकै रहस्यपूर्ण र खोजपूर्ण छ । सामान्यतया धावनमार्ग नजिकै जहाजहरुसमस्या आएमा जहाजलाई ग्लाईड गरेर धावनमार्ग सम्म पुर्याउन सकिन्छ ।

कर्णालीमा इन्जिन फेल भएका दुई वटा जहाज फोर्स ल्याण्डिङ गर्दा यात्रुहरु बचाउन सकिएको छ भने सिंगल इन्जिन भएको कार्गो जहाजका पाइलटले कर्णाली नदिमै फोर्स ल्याण्डिङ गरेर जहाजबाट उत्रिएर बाँच्न सफल भएका थिए ।

तर, आज दुर्घटनाग्रस्त भएको जहाजमा गम्भिर समस्या देखिएको छ । जसले पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण सदाका लागि जोखिमपूर्ण हुनसक्ने देखिएको छ ।

पोखराको नयाँ बनेको विमानस्थलतर्फ अघि बढ्दै गरेको जहाज सामान्य अवस्थामा अवतरण गर्दै थियो । स्पीड र उचाई दुवै सामान्य थिए । तर, दुर्घटनास्थल नजिकै आईपुगेपछि जहाज बायाँतर्फ मोडिएर उताने परेर भुईमा बजारिन पुगेको छ । जहाजको बायाँतर्फ के समस्या थियो र त्यसरी भुईमा बजारियो भन्ने खुल्न बाँकी छ । सामाजिक सञ्जालमा प्राप्त भिडियो (तथ्य जाँचमा सम्पादन नगरिएकोले सत्य ठानिएको) मा जहाज हुत्तिएर बायाँ मोडिएको देखिएको छ । बायाँ मोडिँदा जहाज पुरै उल्टोपाल्टो हुँदै नदिको खोचमा पुगेको देखिएको छ ।

 

भिडियो सौजन्यः दिवस बोहोरा

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*