नेपाल टेलिकमको सर्भरमा समस्या, मोबाइल सेवा अवरुद्ध

३ माघ २०७९, मंगलवार १२:२६

काठमाडौं । नेपाल टेलिकमको सर्भरमा समस्या देखिदा मोबाईल सेवा अवरुद्ध भएको छ। आज दिँउसो १२:१५ बजेदेखि नेपाल टेलिकमको सर्भरमा समस्या देखिदा समस्या आएको हो । टेलिकम सूत्रले कम्पनीको नेटवर्कमा समस्या आएको पुष्टि गरेको छ । यद्यपि के कारणले सेवा अवरुद्ध भएको हो भन्ने विस्तृत विवरण भने आउन बाँकी छ

सर्भरमा समस्या आएकाले फोन नलाग्ने समस्या आएको नेपाल टेलिकमले जनाएको छ । ल्याण्डलाइनमा सहित सबै फोन सेवामा समस्या आएको टेलिकमको इन्क्वाइरी सर्भिसले जनाएको छ ।बिलिङमा पनि समस्या आएकाले मोबाइल सेवाहरु लगगभ बन्द छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*