नेपाल टेलिकमको अवरुद्ध सेवा सुचारु

३ माघ २०७९, मंगलवार १३:३७

काठमाडौं । केही समय अघि नेपाल टेलिकमको नेटवर्कमा भएको अवरुछ पुनः सुचारु भएको छ । टेलिकमका अनुसार कम्पनीको नेटवर्कमा १५ देखि २० मिनेट मात्रै समस्या देखिएको हो ।

नेटवर्क प्रयोगकर्ताहरू एकैपटक बढेका कारण समस्या लामो समय देखिएको हो । आज दिउँसोको १२ बजेदेखि टेलिकम नेटवर्कमा समस्या देखिएको थियो ।

नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो। त्यस्तै मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या देखिएका थिए।

नेपाल टेलिकमले सेवा सुचारु भएको जानकारी दिएतापनि समय–समयमा अझै पनि सेवा अवरुद्ध भएको प्रयोगकर्ताको गुनासो रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*