साइबर सेक्युरिटी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरू
४ माघ २०७९, बुधबार १५:४२

काठमाडौं । साइबर सेक्युरिटी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा एक कार्यक्रमकाबीच सो सम्मेलन सुरु गरिएको हो ।
सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनको आयोजनामा एक दिने सम्मेलनमा नेपाल र भारतका साईबर सुरक्षामा काम गर्दै आएका सरोकारवालाहरूको सहभागिता रहेको छ ।
एनपिसिईआरटीको सह आयोजनामा भइरहेको सम्मेलनमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले उद्घाटन गरेका छन् ।













