जनताको माँझमा साईबर सुरक्षाबारे जनचेतना फैलाउन आह्वान गर्दै सकियो अन्तर्राष्ट्रिय साईबर सेक्युरिटी समिट

५ माघ २०७९, बिहीबार ०८:३७

काठमाडौं । काठमाडौंमा आयोजना गरिएको एक दिने साइबर सेक्युरिटी समिट आम जनताको माँझमा साईबर सेक्युरिटीबारे जनचेतना फैलाउन आह्वान गर्दै सम्पन्न भएको आम जनताको माँझमा साईबर सेक्युरिटीबारे जनचेतना फैलाउन आह्वान गर्दै सम्पन्न भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक दिने अन्तर्राष्ट्रिय साईबर सेक्युरिटी सम्मेलनका सहभागीहरुले आम जनतामा साईबर सुरक्षाबारे व्यापक जनचेतना जगाएर मात्रै साईबर जोखिमबाट बच्न सकिने निष्कर्ष निकालिएको छ । नेपाल र भारतबाट सहभागीहरुले गरेको प्यानल डिस्कसन तथा सहभागीहरुले राखेको चासोमाथि डाटा, साइबर सुरक्षा, आम जनतामा फैलाउनुपर्ने जनचेतनाको विषयमा छलफल भएको थियो ।


सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनको आयोजनामा एक दिने सम्मेलनमा त्रिभुवन विश्व विद्यालयका इन्जिनियरिङ संकायका सहायक डिन, सेन्टर फर साईवर सेक्यूरिटी रिर्सच एण्ड ईनोभेसनका अध्यक्ष  प्रा. डा. सुवर्ण शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, सेन्टर फर साईवर सेक्यूरिटी रिर्सच एण्ड ईनोभेसनका निवर्तमान अध्यक्ष तथा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी, भारतबाट सहभागी अशोक कुमार, शशी कुमार रमन, विनोद एस लगायतकाहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

एनपिसिईआरटीको सह आयोजनामा सम्पन्न सम्मेलनमा भारतीय आईटी विज्ञ अशोक कुमार र नेपालबाट मिलन राज नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै अशोक कुमार आम जनतामा साईबर सुरक्षाबारे जनचेतना फैलाउनु आजको आवश्यकता भएको बताउँदै डिजिटल डिभाइसले ल्याएको क्रान्तिलाई समान्य त्रुटीबाट मानिस आफैलाई अप्ठेरोमा पार्ने बताए । पूर्व मन्त्री गणे शाहले रिसर्च इन डिजिटल इरा अन्तर्गत सबैले अनुसन्धानमा सहभागी हुनुपर्ने बताए ।

 

सो अन्तर्राष्ट्रिय समिटमा आईटी विज्ञ तथा नेपाल बैंकका सञ्चालक विवेक रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा आयोजना गरिएको प्यानल डिस्कसनमा नेपाल दुर सञ्चार प्राधिकरणका निर्देशक बिजय कुमार राय, नेपाल बैंककी बन्दना शर्मा, एनसेलकी यस्मिन भट्टराई, मुनाल टेककी मोना श्रेष्ठ सहभागी थिए भने मोडरेटरको रुपमा चिरञ्जीवी अधिकारीले भूमिका खेलेका थिए । छलफलमा प्रा.डा. सुवर्ण शाक्यले आम जनताको बीचमा साइबर सुरक्षाबारे जनचेतना फैलाउन सबैलाई आह्वान गरे ।

आधुनिकीकरणसँगै आम जनता कम्प्युटर र मोबाइलबाटै सबै काम गर्न र सबै सम्पत्ति कम्प्युटरबाटै चलाउन थालेको अवस्थामा सुरक्षाबारेमा ज्ञान नहुने ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भएकोले आम जनताको बीचमा साइबर जोखिम र सचेतना अपनाउनेबारेमा सचेतना फैलाउन आवश्यक रहेको बताए । डाटाको सुरक्षामा सामान्य मालवयरले पार्ने अप्ठेरो र त्यसबाट हुनसक्ने क्षतिबारे चर्चा भएको सम्मेलनमा नेपालमा साइबर सेक्युरिटीबारे पर्याप्त जनशक्ति उत्पादन गरेर विदेश आपूर्ति गर्र्न सकिने सम्भावनाबारे छलफल भएको थियो ।

कार्यक्रममा सिएसआरआई नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिलन नेपालीले ‘सुरक्षित नेपाल बनाऔं’ भन्ने नारा सहितको कार्यपत्र प्रस्तुत गरेका थिए भने अभिवक्ता बाबुराम अर्यालले साइबर कानुनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सिमकार्डको स्वामित्व परिवर्तनले बैंकिङ प्रणालीमा पारेका समस्यामाथि समेत छलफल भएको थियो । छ महिनापछि नै दुर सञ्चार सेवा प्रदायकले सिमकार्ड अर्कैलार्ई बिक्री गर्ने व्यवस्थाले बैंकिङ प्रणालीमा समस्या आउने गरेको चर्चा भएको थियो ।

 

 

 

https://www.facebook.com/Nepali.Insurance.News/videos/1349093919184427

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*