सुनको मुल्य स्थिर, चाँदीको घट्यो

५ माघ २०७९, बिहीबार ११:०६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वुधवारको तुलनामा स्थिर रहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोवार भैरहेको छ ।

वुधवारका दिन नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो र चाँदीको मुल्य १५ रुपैयाँले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*