कर्पोरेटपे मार्फत २ सय अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

५ माघ २०७९, बिहीबार १५:४१

काठमाडौं । कर्पोेरेटपे प्रणालीले चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा २ सय २ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ । गत आर्थिक वर्ष भने कर्पोेरेटपे मार्फत कुल १०९.५ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो ।

बैंक,वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोेरेटपे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुइ गुणाले बृद्धी भएको हो ।

हाल ४४ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक,वित्तीय संस्थाका ६,१०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख रुपैयाँ सम्म र नन–रियल टाइम कारोबारको हकमा २० रुपैयाँ करोड सम्म गर्न सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*