आयातमा नगद मार्जिनको व्यवस्था हटाउदा अर्थतन्त्र चलायमान हुने

६ माघ २०७९, शुक्रबार १७:२७

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपाल राष्ट्र वैंकबाट एक वर्ष अघि देखिनै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आई रहेको सन्दर्भमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अवका दिनमा अर्थतन्त्र चलायमान हुनेमा विश्वास लिएको छ ।

नेपाल चेम्वर अफ कमर्सद्धारा आयोजित अर्थतन्त्रः अवको बाटोू बिषयक अन्तरक्रिया कायक्रमका अवसरमा कार्यक्रमका प्रमुख अतिथि उपप्रधान मन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलसमक्ष निजी क्षेत्रका बिद्यमान समस्या र सुझावबारे चेम्वरबाट सुझाव प्रस्तुत भएको छ । साथै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्वर अफ कमर्सले आभार ब्यक्त समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको “चालु पुँजी कर्जा मार्गदर्शन २०७९” परिमार्जन गरि २०८२ असार सम्म पु¥याइएकोमा नेपाल चेम्वर अफ कमर्सले समर्थन गरेको छ । चालुपुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई ४० प्रतिशत नै कायम गरिन र डवल डिजिटको आर्थिक बिकास हाशिल गर्न सिंगल डिजिटको व्याजदर कायम हुनु पर्ने तर्फ पनि चेम्वरले आग्रह रहेको छ ।

तरलता व्यवस्थापनका लागि पुंजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा समेत राखिएको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९० प्रतिशतदेखि ९५ प्रतिशत रकम बैक तथा वित्तिय संस्था मार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने देखिएकोले यस तर्फ पनि चेम्बर अफ कमर्सले ध्यानाकर्षण जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*