सुनचाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

९ माघ २०७९, सोमबार १०:५८

साताको दोस्रो कारोबार दिन अर्थात् सोमवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् आइतवार तोलामा २ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतवार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमवार चाँदीको मूल्य समेत बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*