हिमालयन डिष्टिलरीद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा

२२ माघ २०८१, मंगलवार १६:०९

काठमाडौँ। हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ। कम्पनीले माघ १३ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा लाभांश जम्मा गरेको जानकारी दिएको छ। बैंक खाता र डिम्याट खाता अद्यावधिक नगरेका सेयरधनीलाई छिटो अपडेट गर्न आग्रह गरिएको छ।

पुस २८ गते सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले बोनस सेयर भने सूचीकरण प्रक्रियापछि मात्र सेयरधनीको खातामा पठाउने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*