बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेका चौधरी ग्रुपविरुद्ध मुद्दा नचलाउने निर्णय

२२ माघ २०८१, मंगलवार २२:००

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेको घटनामा संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरूलाई ‘मुद्दा चलाउन नपर्ने’ भनी तयार गरेको राय तहगत हुँदै महान्यायाधिवक्ता रमेश बडालले अनुमोदन गरेका हुन् ।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार, मुद्दा नचलाउने निर्णय भइसकेको छ ।

सीआईबीले पेश गरेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने भनी राय तयार गरेको थियो । त्यो फाइल उच्च सरकारी वकिलको कार्यालयबाट अनुमोदन हुँदै महान्यायाधिवक्ता कार्यालयमा पुगेको हो ।

निर्णयको विवरण महान्यायाधिवक्ता कार्यालयले सार्वजनिक गरेको छैन । २८ पुसमा महान्यायाधिवक्ता कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधीवक्ता रमेश बडालले मुद्दा नचल्ने संकेत गरेका थिए । राज्यको सम्पत्ति फिर्ता आइसकेको अवस्थामा मुद्दा चलाउनुको कुनै अर्थ नहुने भन्दै उनले त्यस्तो अवस्थामा मुद्दा नचलाई अनुसन्धान टुंग्याउनु उचित हुने बताएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*