लण्डनका लागि टेकअफ लगत्तै एयर इण्डियाको जहाजले भन्यो, ‘मेडे’ अनि रुखमा बजारिँदै आगो दन्कियो

२९ जेष्ठ २०८२, बिहीबार १६:४२

काठमाडौं । भारतको गुजरातस्थित हमदावादमा रहेको सरदार बल्लभभाई विमानस्थलबाट बेलायत राजधानी लण्डनका लागि उडेको एयर इण्डियाको बोईङ ७३७–८०० ड्रिमलाईनर जहाजले भुई छोड्ने वित्तिकै दुर्घटनाग्रस्त हुन पुगेको छ ।

भारतीय सञ्चार माध्यम गुजरात टाईम्सका अनुसार उक्त जहाजमा २३० यात्रु र १२ जना चालक दलका सदस्यहरु रहेका थिए । भारतमा दर्ता रहेको भिटी एएनबी दर्ता नम्वर रहेको सो जहाज एआई १७१ रुटमा अमदावादबाट लण्डनतर्फ जान लागिरहेको थियो । अपरान्ह १३ः३९ बजे जहाजले सामान्य टेकअफ गरेको थियो । तर, लगत्तै जहाजका क्याप्टेनलाई एयर ट्राफिक कन्ट्रोलरलाई ‘मे डे’, ‘मे डे’ भने । लगत्तै एयर ट्राफिकले समस्याबारे सोध्न खोज्दा सम्पर्क हुन सकेन । त्यतिबेलासम्म जहाज धावनमार्ग माथि उड्दै थियो । तर, जहाज उचाई लिन सकिरहेको थिएन ।

उक्त विमानस्थलको ०५ रनवे बाट रनवे २३ तर्फ दौड्दै जहाजले टेकअफ गरेको थियो । तर टेक अफ लगत्तै जहाजले उचाई लिन सकिरहेको थिएन । एकातिर जहाज तल झर्दै थियो भने अर्कोतर्फ सञ्चार सम्पर्क नै बिच्छेद हुन पुगेको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार एटिसीले क्याप्टेनको मेडे मात्रै सुने, त्यति सुने लगत्तै आँखै अगाडि जहाज ठूलो दुघर्टनामा पर्न गएको थियो ।

तल झर्दैै गएको जहाजले ब्वाईज होस्टलभित्र रहेको रुखमा ठोक्किदै भवन तथा भुईमा बजारिन पुगेको थियो । जहाजको पुच्छर भने ब्वाईज होस्टलको छत जस्तो स्थानमा अड्किएको तस्विरमा देख्न सकिन्छ ।
जहाजले धावनमार्ग छोडे लगत्तै बायाँतर्फ मोडिएर विमानस्थलको वालबाट करिब ९०० मिटरको दुरीमा रहेको बिएमसी ब्वाईज होस्टल नजिकै बजारिन पुगेको थियो । दुर्घटना लगत्तै जहाजमा आगोलागी भएकोले यात्रुहरुको जीवितै उद्धार गरिने सम्भावना न्यून रहेको जनाइएको छ ।

उता, सो ब्वाईज होस्टलमा रहेका १५ जना जुटिएर डाक्टरहरु समेत घाइते भएको समाचार बाहिर आएको छ ।

सामाजिक सञ्जालमा प्रशारित भिडियोमा जहाज ब्याङ्क (कोल्टे पर्नु) समेत भएको देखिदैन । जहाजले उचाई लिन नसकी जमिनमा खसेको देखिन आएको छ । जहाज दुर्घटनाको कारण पत्ता लगाउन एयर इण्डिया र भारतीय नागरिक उड्डयन कार्यालय सक्रिय भइसकेको छ । जहाजका यात्रुका आफन्तको लागि हटलाईन नम्वर व्यवस्था गरिसकिएको छ ।

जहाजमा १६९ भारतीय, ५३ बेलायती, ७ जना पोर्चुगिज र एक जना क्यानाडियन नागरिक रहेको जनाइएको छ । दुर्घटना लगत्तै दमकल र एम्बुलेन्स व्यापक मात्रामा परिचालन गरिएको छ ।

उता, यसअघि इण्डोनेसिया, दोस्रो इथियोपियामा भएको प्राविधिक दुर्घटनापछि विश्वभर नै उडान बन्द गरिएको बोईङ ७३७–८०० ड्रिमलाईनर पुनः भारतमा दुर्घटनाामा परेपछि कम्पनीको शेयर मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । अमेरिकी समाचार संस्थाहरुका अनुसार यो समाचार तयार पर्दासम्म बोईङ कम्पनीको शेयरमा ७ प्रतिशतभन्दा बढिले तल झरिसकेको छ ।

दुर्घटनामा अर्बौ रुपैयाँको बीमा दावी पर्ने भएको छ । जहाज पूर्ण रुपमा जलेर खरानी भएको छ । करिब १५ वर्ष पुरानो उक्त जहाज र यात्रु बीमा बापत बीमा कम्पनीहरुले कम्तीमा १० अर्ब रुपैयाँ दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*