अमेरिकामाथि नै भीषण आक्रमण गर्ने तयारीमा इरान, खाडी मुलुकमा १७ लाख नेपाली असुरक्षित

९ असार २०८२, सोमबार १३:०२

काठमाडौं । आफ्ना तीन आणविक केन्द्रमा अमेरिकाले संसारकै सबैभन्दा खतरनाक बमद्वारा आक्रमण गरेपछि क्रुद्द बनेको इरानले अमेरिकामाथि भिषण र पश्चापातपूर्ण जवाफी कारवाही गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इरानले आज वा अबको केही घण्टाभित्रैमा अमेरिकामाथि सैन्य तागत देखिने गरी आक्रमण गर्नेछ ।

इरान र अमेरिकाबीचको द्वन्द बढ्दै जाँदा खाडी मुलुकमा करिब १७ लाख नेपाली युवाहरुको सुरक्षा चिन्ता व्यापक बृद्धि भएको छ । सन् २०२० को तथ्याङ्क अनुसार खाडी मुुलुकका ओमान, दुबई, कतार, साउदी, बहराईन, कुवेत जस्ता देशमा कूल ४४ हजार ६०० जति अमेरिकी सेना तैनाथ छन् । अहिले सो संख्या अझै केही बढेको हुनसक्नेछ ।

सबैभन्दा धेरै अमेरिकी सेना कतारमा १३ हजार र कुवेतमा १३ हजार रहेका छन् । त्यस्तै साउदी अरबमा तीन हजार, दुबईमा पाँच हजार अमेरिकी सेना तैनाथ गरिएको छ । त्यहाँ अमेरिकाले पहिला देखि नै इरानलाई घेराबन्दीमा पार्न र सूचना संकलन गर्न एयरबेस र सामुन्द्रिक बेस खडा गरेरै बसेको छ ।

इरानले अमेरिकामाथि आक्रमण गर्दा सबैभन्दा पहिलो आफ्नो नजिकै रहेको अमेरिकी केन्द्रमा आक्रमण गर्न सक्ने देखिएको छ । त्यस्तो अवस्थामा सबैभन्दा पहिलो निशाना इरानले कुवेतमाथि बनाउन सक्ने प्रबल सम्भावना रहेको छ । त्यस्तै, कतार, दुबई, बहराईन तथा ओमानमाथि पनि इरानको निशाना हुनसक्ने सम्भावना उत्तिकै छ । तर, ति सबै देशहरु मुश्लिम भएकोले इरानले युरोपका सैन्य क्याम्पमा निशाना बनाउन सक्ने सम्भावना समेत बलियो रहेको छ ।

गल्फ न्यूजका अनुसार इरानले मध्यपूर्वमा रहेका अमेरिकी बेसहरुमा आक्रमण गर्ने खुल्ला चेतावनी दिएको छ । इरानका सर्वोच्च नेता आयोतुल्ला खामेनीका प्रमुख सल्लाहकार अलि अक्बर भिलायतीलाई उध्रित गर्दै प्रकाशित समाचारमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा भिषण आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।

 

अमेरिकी र अन्य देशमा रहेका अमेरिकी सैन्य अखडाहरुमा इरानी सेनाले भिषण र ध्वस्त हुने गरी आक्रमण गर्ने अधिकार राख्ने इरानी नेताले बताएका छन् । अमेरिकामाथि बदला लिने इरानको दावी, आइतबार इजरायलमा मल्टिवारहेड मिसाइलमार्फत गरेको सैन्य आक्रमणको तरिका हेर्दा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरु पनि ठूलो र बिध्वंसकारी आक्रमण हुने लगभग निश्चित जस्तै देखिन आएको छ ।

करिब १५ लाख नेपाली भएको उक्त क्षेत्रमा हुन लागेको भिषण आक्रमणबारे नेपाल सरकार भने मौन रहँदै आएको छ । सत्तामा बसेर गैर कानुनी धन्दा चलाउने, पत्रकारलाई थुन्ने र भ्रष्टाचार र कुशासन र सेटिङ गर्दै आएको सरकारले मध्यपूर्वमा युद्ध विस्तार भएको अवस्थामा नेपालीहरुको उद्धार गर्ने कुनै सम्भावना नै देखिदैन ।

खाडी मुलुकका देशहरुले इरान विरुद्धको आक्रमणमा आफ्नो आकाश प्रयोग गर्न अनुमति नदिएको अवस्थामा अमेरिकालाई थप अप्ठेरो पर्नेछ भने इरानी आक्रमणबाट बचाउन पनि सजिलो हुने विश्लेषण गरिएको छ ।

खाडी मुलुकका उल्लेखित देशहरुमा नेपालबाट करिब १७ लाख मानिसहरु रोजगारीको सिलसिलामा पुगेका छन् । मध्यपूर्वमा विस्तार हुँदै गएको युद्ध कुनै पनि बेला खाडी देशहरुमा फैलिन सक्ने भएकोले त्यहाँ रहेका नेपालीहरुमा असुरक्षा र त्रास बढिरहेकोे छ ।
यसअघि हिजोदेखि बहराईनले आफ्ना नागरिकलाई गल्लीको बाटो प्रयोग नगर्न र मुख्य सडक भएर यात्रा गर्न अनुरोध गरिसकेको छ । साथै ट्रक ड्राईभरहरुलाई सकेसम्म सडक छोडेर अन्यत्र नजान चेतावनी दिइएको छ ।

यसैबीच, आजै अमेरिकालाई आफ्ना नागरिकलाई दुबई यात्रा नगर्न सुझाव दिँदै लेभल २ ट्राभल एडभाईजरी जारी गरेको छ । उक्त ट्राभल एडभाइजरी अनुसार अमेरिकी नागरिकलाई दुबईको यात्रा जोखिमपूर्ण मानिनेछ र यात्रापूर्व विस्तृत अध्ययन गरेर, बुझेर मात्रै यात्रा गर्नुपर्ने भन्ने अर्थ लाग्दछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*