कतारको राजधानी दोहामा भिषण बिस्फोट र धुवाको मुस्लो, इरानद्वारा अमेरिकी सैनिक अड्डामा आक्रमण

काठमाडौं । लाखौं नेपालीहरु रहेको कतारको राजधानी दोहामा भिषण विस्फोटसँगै धुवाको मुस्लोले भरिएको छ । कतार सरकारले नो फ्लाई जोन घोषणा गरेको केही घण्टाभित्रैमा इरानले कतारमा रहेको अमेरिकी सैनिक अड्डामा भिषण सैन्य आक्रमण गरेको हो ।
आक्रमणमा पुगेको क्षतिको विवरण बाहिर आइसकेको छैन । यद्यपि गल्फ न्यूज, सिएनएनले समेत कतारको राजधानी दोहा धुवाले भरिएको जनाएका छन् । कतारमा करिब चार लाख नेपालीहरु कार्यरत रहेका छन् ।
इरानले एकाएक सैनिक आक्रमण सुरु गरेसँगै सो रुटमा रहेका जहाजहरुको भागभाग भएको थियो । दुई वटा फ्लाई दुबईको जहाज इरानतिर लुक्न पुगेका थिए भने पश्चिमी क्षेत्रबाट दुईतर्फ आउदै गरेका जहाजहरु बीच बाटोबाटै फर्काइएको छ ।
घटनामा भएको क्षतिको विवरण आइसकेको छैन ।
Update:
कतारस्थित अलजजिराका अनुसार इरानले कतारलाई लक्षित नगरी कतारमा रहेको अमेरिकी सैनिक अड्डालाई लक्षित गरी छ वटा मिसाइल प्रहार गरेको थियो । र, ति मिसाइलहरु प्रतिरक्षा प्रणालीले आकाशमै ध्वस्त बनाएको तथा कुनै मानवीय क्षति नभएको जनाएको छ ।