निजि क्षेत्रलाई प्रोत्साहन गरे आर्थिक समृद्धि सम्भव छः अर्थमन्त्री पौडेल

१० असार २०८२, मंगलवार १५:४२

काठमाडौँ । विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री विष्णु पौडेलले सरकारको प्राथमिकता स्पष्ट पारेका छन्। मलको अभाव नहोस भन्न सरकारले क्यान्टिटी समेत बढाएको उनले जानकारी गराए।

निजी क्षेत्र, सहकारी र राज्यको सम्पत्तिबीच सन्तुलन कायम गरेर मात्र देशको आर्थिक विकास सम्भव हुने उनको भनाइ थियो। निजी सम्पत्ति सरकारको कुनै योजना नरहेको स्पष्ट पार्दै उनले विदेश राष्ट्रसँग भएका कार्यहरुको समेत सरकार गहिरो अनुगमन गरिरहेको बताए।

अर्थमन्त्री पौडेलले ३ करोडभन्दा कम लागतका आयोजना नहुने स्पष्ट पारे। अवकाश कोषका विषयमा उठेका जिज्ञासाको सहज समाधान हुने उनले विश्वास दिलाए। बहुउद्देश्यीय आयोजना अघि बढाउन सरकार प्रतिवद्ध रहेको उनले जनाए।

यस्तै, धनुषा भन्सार सम्बन्धमा आवश्यक अनुसन्धान गरेर अघि बढ्ने सरकारको तयारी रहेको समेत उनले जानकारी गराए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*