सानिमा जिआइसी इन्स्योरेन्सद्वारा सुर्खेतको जनज्योति माविलाई शैक्षिक सामाग्री वितरण

१९ असार २०८२, बिहीबार १४:०२

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले बिहीबार सुर्खेतको पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यामिक विद्यालयलाई दुई लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले विद्यालयको लागि आवश्यक कम्प्युटर ३ थान, खानेपानी ड्रम २ थान, कापी ५०० थान, डट्पेन ५०० थान र पानी खाने बोतल ५०० थान गरी करिव २ लाख १२ हजार रुपैया बराबरको सामाग्री बितरण गरेको छ ।

कार्यक्रममा उक्त सामाग्रीहरु नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख निल प्रशाद लामिछाने, सानिमा जिआइसी इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख गोविन्द जंग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायतका कर्मचारीहरुबाट विद्यालयलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख गोविन्द जङ्ग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायत कार्यलयका अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो । साथै, पन्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी, नेपाल बीमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख निल प्रसाद लामिछाने, जनज्योति माध्यमिक विध्यालयका प्रधानाध्यापक कृष्ण राज ढकालको सहभागीता रहेको कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*