सुन पसल देशभर ठप्प, मूल्य समेत निर्धारण भएन

काठमाडौँ । पछिल्लो केही समयदेखि सुनचाँदी व्यवसायीहरू निरन्तर आन्दोलनमा छन्। सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा–पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजी, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति र कार्यविधि निर्धारण गर्नुपर्ने मागसहित व्यवसायी देशभर आन्दोलनमा उत्रिएका हुन्।
व्यवसायीको आन्दोलनका कारण देशभरका सुनचाँदी पसलहरू बन्द छन्। मूल्य निर्धारणको समयसमेत प्रभावित भएको छ। हरेक दिन बिहान १०ः३० बजे सुनको मूल्य निर्धारण हुने गरे पनि आन्दोलन सुरु भएपछि समय परिवर्तन भई दिउँसो १ बजे मूल्य तोकिने गरिएको थियो। तर, शुक्रबार भने नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य नै निर्धारण गरेन।
महासंघका अनुसार देशभरका सुन पसलहरू बन्द रहेको अवस्थामा मूल्य निर्धारण गर्नुको औचित्य नरहेको भन्दै आजको लागि मूल्य तोकिएन।
पछिल्लो केही सातादेखि जारी आन्दोलनका कारण दैनिक करोडौंको कारोबार हुने सुनचाँदी व्यापार ठप्प छ। व्यवसायीहरू आन्दोलनमा कडाइका साथ उत्रिएको बताइएको छ।
Gold ko rate ghatirahe bela ho andolan garne…garnus garnus…rate bade bela ma ta Chukchukaunu parcha….rate ghatyo bhanera kinna jada lukaune aafai….rate bade belama bechna jada chai kinna namanne afu haru nai ho…fyda sabai sadhai tapai lai nai chahincha