आन्दोलित सुनचाँदी ब्यवसायीलाई अर्थमन्त्रालयले बोलायो छलफलमा

काठमाडौँ । आन्दोलित सुनचाँदी ब्यवसायीलाई सरकारले वार्तामा बोलाएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र विपिन नेतृत्वको संघर्ष समितिलाई अर्थमन्त्रालयले छलफलका लागि बोलाएको हो ।
विगत केहि दिनदेखी निरन्तर आन्दोलन गरी रहेका ब्यवसायीलाई सरकारले बेवास्था गरेको थियो । आन्दोलन थप देशभर बढ्दै गएर पसल थप्प भएपछि अर्थमन्त्रालयले वार्ताका लागि आन्दोलित पक्षलाई आव्हान गरेको हो ।
पछिल्लो एक सातादेखि सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्नुपर्ने र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति र कार्यविधि तय गरिनु पर्ने भन्दै देशभरका ब्यवसायी आन्दोलनमा होमिएका थिए ।