बीमा सम्बधी अन्तराष्ट्रिय अभ्यास र नेपालमा यसको प्रभाव

दिनेश कुमार लाल
२१ असार २०८२, शनिबार १०:००

पृष्ठभूमि
मानिसको जीवन, सम्पत्ति तथा दायित्वको वित्तीय नोक्सानीको क्षतिपूर्ति प्रदान गरिने प्रक्रिया नै बीमा हो । बीमा जोखिम व्यवस्थापनको एक महङ्खवपूर्ण औजार हो । जीवन वा सम्पत्तिको नोक्सानीबाट हुने क्षति न्यूनीकरण गर्न र सम्पत्तिको आर्थिकसुरक्षा प्रदान गरी जोखिम व्यवस्थापन गर्ने कार्य बीमाले गर्दछ । आजको दिनमाविश्वभर हेर्ने हो भने विश्वमा कुनै न कुनै रुपमा जोखिमको भूमरी मडारिइरहेको छ । यस्ता जोखिमबाट छुट्कारा कसरी पाउने भन्ने विषयमा मानवीय चासो र चिन्ता हुनु स्वभाविक नै हो । कुनै पनि घटनालाई बीमाले रोक्न सक्दैन । तर, घट्नाबाट उत्पन्न हुने आर्थिक नोक्सानीको पूर्ति गरी मानवलाई चिन्तामुक्त बनाउन सक्नेगरी नै बीमाको विकास भएको हो । बीमाको विकास हुँदै जाँदा यसको अभ्यास एवम् प्रचलन क्रमिकरुपमा विश्वभरी नै विस्तार हुँदै गएको पाइन्छ । बीमा विश्वको प्राचीन सामाजिक साधनहरुमध्येको एउटा साधन हो । विश्वका प्राचीन सभ्यताहरु रोम, ग्रीस, पर्सिया, बेबिलोन, चीन, भारत आदि जस्ता देशहरुमा समाजमा कसैलाई अप्ठ्यारो अवस्था आइपरेमा जस्तैः चोरी, आगलागी, मृत्यु वा अन्य कुनै क्षति भएमा समाजका सबै घरधनीहरुले नगद वाजिन्सी वा श्रमदान गरी क्षतिपूर्ति गर्दथे, जसले गर्दा त्यस्ता व्यक्तिको आर्थिक अवस्था समाजमा पुनः स्थापित हुन्थ्यो । पर्सियन सभ्यताको उत्कर्षमा बीमा शब्द रयसको प्रयोग विकसित भएको विश्वास गरिन्छ । सामुन्द्रिक र अग्नी बीमाको विकास भएपश्चात् सोह्रौ शताब्दीको मध्यतिरबाट जीवन बीमाको विकास भएको पाइन्छ भने उन्नाईसौ शताब्दीको उत्तराद्र्धबाट विविध बीमाको विकास र विस्तार भएकोपाइन्छ । इन्जिनियरिङ्ग बीमा, ठेकेदार जोखिम बीमा, लघुबीमा, स्वास्थ्य बीमा, पशुपन्छी तथा बाली बीमा आधुनिक बीमाको उपज हुन् ।

नेपालमा बीमाको इतिहास हेर्ने हो भने एक शताब्दी पनि पुगिसकेको अवस्था छैन । वि.सं. १९९४ सालमा नेपाल बैंक लि.को स्थापना भएपश्चात् बैंकिङ्ग प्रणालीमा आयात–निर्यात हुने सामान धितो राखेको वस्तुको आर्थिक सुरक्षा गर्नका लागि बीमा गर्नु आवश्यक थियो । वि.सं. २००४ सालमा नेपाल बैंक लि.को पहलमा पहिलोबीमा कम्पनीको रुपमा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना गरियो । यस कम्पनी मार्फत् नेपाली बस्तुहरुको बीमा नेपालमा नै गर्न चाहनेहरुका लागि बाटो खुल्ला भयो । बीमाको आवश्यकता र महङ्खव बढ्दै जाँदा सरकारी र निजीक्षेत्रको लगानीमा बीमा कम्पनीहरु क्रमिकरुपमा स्थापना हुँदै गए । नेपालमा हाल १४ जीवन बीमा, १४ निर्जीवन बीमा, २ पुनर्बीमा र ७ लघुबीमा कम्पनी गरी जम्मा ३७ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा यी बीमा कम्पनीहरुको नियमन हुँदै आइरहेको छ । कुनै पनि देशकोकानून, नियमन, सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक अवस्था, मानिसकोआवश्यकता,जोखिमको अवस्था र बीमा बजारको संरचनामा भिन्नताका कारणबीमाका अभ्यासहरु विश्वव्यापी रुपमा भिन्न हुन्छन् । तथापि, केही अभ्यास र सिद्धान्तहरु छन्, जुन अधिकाङ्श देशहरुमा अनुसरण गरिन्छ । बीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा यसको प्रभाव बुँदागतरुपमा देहाय बमोजिम चर्चागर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास

१. बीमाका प्रकारहरु:
सामान्यतया जीवन, निर्जीवन र पुनर्बीमा गरी तीन प्रकारका बीमाहरु हुन्छन् । कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकमपाउने गरी बीमकले बीमितसँग गरेको करारलाई जीवन बीमा भनिन्छ । त्यस्तै, जीवन बीमा तथा पुनर्बीमा बाहेकको बीमा निर्जीवन बीमा हो । कुनै सम्पत्ति वा दायित्वको जोखिमका सम्बन्धमा बीमा शुल्क लिई बीमालेखमा उल्लेख भए बमोजिमको जोखिम स्वीकार गरे वापत कुनै खास रकम हर्जाना वा क्षतिपूर्ति प्रदान गर्न बीमकले बीमितसँग गरेको करारलाई निर्जीवन बीमा भनिन्छ । र कुनै एक बीमकले आफूले धारण गर्ने जोखिमभन्दा बढी अङ्शको जोखिम पुनर्बीमकले वा अर्को बीमकले व्यहोर्ने गरी त्यस्तो बीमकसँग गरेको करारलाई पुनर्बीमा भनिन्छ ।

विश्वका जुनसुकै मुलुकमा पनि बीमाका तीन प्रकारहरु नै प्रचलनमा रहेका छन् भने नेपालमा पनि यस्तै प्रकारका बीमाहरु प्रचलनमा रहेका छन् । जीवन बीमा अन्तर्गत सावधिक जीवन बीमा, आजीवन जीवन बीमा, म्यादी जीवन बीमा र विविध जीवन बीमा लेखहरु संसारभरी नै बीमितले खरिद गर्दछन् । निर्जीवन बीमा अन्तर्गत घर, सम्पत्ति तथा व्यवसाय बीमा, मोटर बीमा, परिवहन बीमा, इन्जिनियरिङ बीमा, हवाई बीमा, दायित्व बीमा, स्वास्थ्य बीमा, लघुबीमा, कृषि, पशुपन्छी तथा जडीबुटी बीमार विविध निर्जीवन बीमा लेखहरु प्रचलनमा छन् भने नेपालमा पनि यस्तै प्रकारका निर्जीवन बीमा लेखहरु प्रचलनमा रहेका छन् ।

२. नियमन
बीमा उद्योगको नियमन देश अनुसार फरक फरक हुन्छ । हरेक राज्यमा अलग अलगसंस्था खडा गरी गरिने नियमन विकेन्द्रित ढाँचा हो भने एकै संस्थाद्वारा सबै राज्यको नियमन गरिन्छ भने त्यो केन्द्रित नियमन हो । अमेरिका र क्यानडाले हरेक राज्यमा अलग्गै नियामक निकाय गठन गरी नियमनलाई विकेन्द्रीकरण गरेकाछन् । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, जापान लगायतका देशहरुले केन्द्रिकृत नियमन प्रणाली अवलम्बन गरेका छन् । कतिपय देशमा बैंक, बीमा र पूँजी बजार गरी तीनै क्षेत्रको एकै नियामक निकायबाट नियमन गरिरहेको हुन्छ भने कतिपयदेशले एकै संस्थाबाट बैंक र बीमाको नियमन गरिरहेका हुन्छन् । स्विटरल्याण्ड, बेलायत, चीनले बहुक्षेत्र नियमन गर्दछन् ।

३. बीमा दर
अन्तर्राष्ट्रियरुपले बजारमा बीमा दरको निर्धारण सम्बन्धी कार्य बीमा बजार, बजारको अनुभव र व्यक्तिगत दाबी भुक्तानी तथा कूल व्यापारको मात्राद्वारा निर्धारित गरिन्छ । नेपालमा मुख्यगरी सामुद्रिक बीमा, मोटर बीमा, सम्पत्ति बीमा निर्जीवन बीमातर्फ र वैदेशिक रोजगारी म्यादी जीवन बीमा ट्यारीफ अन्तर्गत प्रचलनमा रहेका छन् । यसका अतिरिक्त अन्य जीवन बीमा, निर्जीवन बीमालेख ननट्यारीफ अन्तर्गत प्रचलनमा रहेका छन् । नेपालमा बीमा दर निर्धारणको कारणले उपरोक्त बीमा व्यवसायको पोर्टफोलियो नाफामा रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासहरुलाई विश्लेषण गर्दा नेपालको ट्यारीफ प्रोडक्ट अलिकति महँगो छ, जसले गर्दा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको लागि लाभदायक छ ।

४. बीमा शुल्क गणना
अन्तर्राष्ट्रिय बीमा बजारमा जीवन बीमा शुल्कको गणना सामान्यतया बीमितको उमेर, स्वास्थ्यस्थिति, पेशा–व्यवसाय, स्थान र रक्षावरणको प्रकार र मात्रा जस्ताजोखिम मूल्यांकन कारकहरुका आधारमा गरिन्छ । नेपालमा पनि बीमा शुल्ककोगणना उपरोक्त आधारमा नै गर्ने गरिन्छ ।
५. बीमा दलाल
अन्तर्राष्ट्रिय बीमा बजारमा बीमा दलालको महङ्खवपूर्ण भूमिका हुन्छ । विश्वको अनेकौं राष्टहरुमा बीमा व्यवसायको मुख्य मध्यस्तकर्ता बीमा दलाल हो, जसले बीमा व्यवसायमा बीमक वा पुनर्बीमक र पुनर्बीमकबीच मध्यस्थको कार्य गर्दछ । बीमकले जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमकको तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग  मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा/पुनर्बीमा बजारको तथ्याङ्क विश्लेषण गरी पुनर्बीमित / पुनर्बीमकलाई उपलब्ध गराउने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने र सम्झौता अनुरुपको लिने/दिने हिसाव फरफारक गर्न सहयोग गर्ने, पुनर्बीमा दाबी भुक्तानी सम्झौता तयार गर्न, जोखिम अनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्न, बीमकतथा पुनर्बीमकको सहमति अनुसार कभरनोट जारी गर्न र पुनर्बीमा व्यवस्था गराउन बीमितको लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्ने गर्दछन् । नेपालमा पनि पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८ आएपछि स्वदेशी र विदेशी गरी जम्मा १६ वटा पुनर्बीमा दलालहरुले उपरोक्त अन्तर्राष्टि «य अभ्यास अनुसारका कार्यहरु गर्दै आइरहेका छन् ।

६. पुनर्बीमा सम्बन्ध
कुनै एक बीमकले आफूले धारण गर्ने जोखिमभन्दा बढी अङ्शको जोखिमपुनर्बीमकले वा अर्को बीमकले व्यहोर्ने गरी त्यस्तो बीमकसँग गरेको करारलाईपुनर्बीमा भनिन्छ । बीमकले व्यक्तिहरुबाट बीमा जोखिम स्वीकारेपछि उक्त जोखिममा आफूले थाम्नसक्ने आर्थिक भार निर्धारण गरी बाँकी जोखिम पुनर्बीमा लिने कम्पनीलाई सार्दछन् । बीमकको अण्डरराइटिङ्ग क्षमता अभिवृद्धि गर्न, बीमा व्यवसायमा लचकता ल्याउन र बीमा व्यवसायको हिसावमा स्थिरता ल्याउनु पुनर्बीमाका प्रमुख उद्देश्य रहेको हुन्छ । अन्तर्राष्ट्रियस्तरमा नै बीमाका सम्झौताहरुमा केही समानता हुन्छ । जस्तै पुनर्बीमकले बीमकको भाग्य स्वीकार्नु पर्नेशर्त, भुलचुक मिलाउने शर्त, मध्यस्तता सम्बन्धी शर्त, प्रिमियम भुक्तानी सम्बन्धी शर्त, पुनर्बीमाको सम्झौता समाप्तीसम्बन्धी शर्तहरु र यस्ता शर्तहरुको आधार नेपालमा दर्ता भएका बीमा कम्पनीहरुले पुनर्बीमा सम्झौता गर्दा पालना गर्ने शर्तको रुपमा राखेको हुन्छ । अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त पुनर्बीमा कम्पनीहरु जस्तैः म्यूनिक रि, स्वीस री, हानोभर रि लगायतका पुनर्बीमा कम्पनीहरु विश्व बीमाबजारमा पुनर्बीमा व्यवसाय गर्दछन् भने यी कम्पनीहरु नेपाली बीमा बजारमा पनि आफ्नो उपस्थिति देखाएका छन् ।

दुई दशक अगाडि पुनर्बीमाको सम्बन्धमा कुनै नीति, निर्देशन तथा निर्देशिका नेपालमा उपलब्ध थिएन, जसले गर्दा बीमकहरु पुनर्बीमक छनौट गर्न स्वतन्त्र थियो । तर अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनको आधारमा नेपालमा पनि सबै बीमा कम्पनीहरुले आफ्नो पुनर्बीमा नीति तयार गरी प्रत्येक आर्थिक वर्षमा संचालक समितिबाट पारित गरी लागू गर्छन् र नेपाल बीमा प्राधिकरणमा पनि पेश गर्ने गर्दछन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार पुनर्बीमकको स्तर सम्बन्धित मुलुकको नियामक निकायले तोकेको न्यूनतम् स्तरसँग मात्र पुनर्बीमा गर्नु पर्दछ भनेनेपालमा पनि यसको प्रभाव स्वरुप कम्तीमा द्यद्यद्य स्तरबाट ख्याति प्राप्त अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीले निर्धारण गरे बमोजिम पुनर्बीमा गर्नु पर्दछ ।

७. दाबी प्रक्रिया
बीमामा बीमितको बीमा गरिएको व्यक्ति, वस्तु, सम्पत्ति र दायित्वमा कुनै घटना भएर क्षति भएमा क्षतिको आर्थिक रुपमा पूर्ति दिने कार्य नै दाबी भुक्तानी हो । अन्तर्राष्ट्रियस्तरमा ग्राहकको विश्वास कायम राख्नका लागि समयमै र निष्पक्ष रुपमा दाबी भुक्तानीको प्रक्रिया महङ्खवपूर्ण हुन्छ । बीमकले बीमालेखमा उल्लेखित अवधिभित्र बीमितलाई बीमा दाबी भुक्तानी गर्नु पर्दछ । बीमकले आफ्नो दायित्व समयमै निर्धारण गर्न बीमितहरुले पेश गरेको दाबीहरुको मूल्यांकन गर्दछन् । बीमालेख बमोजिम दाबी परेमा यसको यथाशिघ्र दाबी भुक्तानी नहुने हो भने बीमाको औचित्य नै रहँदैन र जनमानसमा बीमाप्रतिको विश्वसनीयता पनि घट्दछ । तसर्थ बीमितलाई बीमा कम्पनी तथा पुनर्बीमा कम्पनी दाबी भुक्तानी गर्नु पर्दछन् ।

अन्तर्राष्ट्रियस्तरका साथसाथै नेपालमा पनि बीमाको दाबी भुक्तानी गर्नको लागि निश्चित प्रक्रियाहरु छन् । बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१, दाबी भुक्तानी मार्गदर्शन २०८० तथा नेपाल बीमा प्राधिकरणबाट समय समयमा जारी निर्देशन तथा बीमा कम्पनीहरुको दाबी भुक्तानी सम्बन्धी म्यानुअलको आधारमा बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्दछन् । बीमकले बीमितलाई दाबी भुक्तानी नगरेमा वा दाबी भुक्तानी गरे पनि बीमितलाई मर्का पर्ने गरी दाबी भुक्तानी गरेमा बीमितले बीमक विरmद्ध नेपाल बीमा प्राधिकरण समक्ष उजुरी गर्न सक्ने कानूनी व्यवस्था रहेको छ। प्राप्त उजूरीमाथि आवश्यक जाँचबुझ गरी प्राधिकरणले निर्णय गर्ने गर्दछ । अन्तर्राष्ट्रियस्तरमा पनि बीमकले गरेको दाबी भुक्तानीमा चित्त नबुझेमा वाविवाद भएको खण्ड ऋयगचत मा अपिल गर्न पाउने व्यवस्था भएको पाइन्छ ।

८. वीमाको सर्वमान्य सिद्धान्त
विश्वका सबै मुलुकमा बीमाका सर्वमान्य सिद्धान्तहरु एकै अर्थमा पालना गरिएको हुन्छन् । बीमाको सिद्धान्त भरेको एकप्रकारले नियमको निर्णय गर्ने प्रक्रिया हो । कतिपय देशहरुले बीमा कानूनमा नै बीमाका सिद्धान्तहरु व्यवस्था गरेको पाइन्छ । नेपालमा बीमा ऐन तथा नियमावलीमा बीमाको सिद्वान्त व्यवस्थान भए पनि कन्ट्याक्चुयल कन्डिसनको रुपमा बीमालेखमा यी सिद्धान्तहरु उल्लेख भएको पाइन्छ ।

बीमाका आधारभूत मान्यता तथा सिद्धान्त पालना नभएका बीमा कम्पनीहरुको पुनर्बीमा स्वीकार नहुने हुन्छ । यी सिद्धान्तहरु अन्तर्राष्ट्रियस्तरमै सबै बीमित, बीमक, पुनर्बीमकलगायत अन्य बीमा सेवा प्रदायकले पूर्ण पालना गर्नुपर्दछ । यी सिद्धान्तहरुको पूर्ण पालना भएन भने बीमा व्यवसाय चल्न सक्दैन, जसले गर्दा एक बीमकको जोखिम अर्को बीमकले स्वीकार नगर्न सक्दछ । साथै बीमा दाबी भुक्तानीका सम्बन्धमा समस्याहरु देखा पर्दछन् । बीमा विश्वासको आधारमा चल्ने व्यवसाय हो । तसर्थ बीमाका सर्वमान्य सिद्धान्तहरु सबै पक्षहरुले पालना गर्नुपर्दछ । नेपालमा पनि बीमाका सर्वमान्य सिद्वान्तको आधारमा बीमा व्यवसाय चलिरहेको छ ।

९. लघु बीमा
आर्थिकरुपले पिछडिएका विपन्न तथा न्यून आय भएका सीमान्तकृत समुदायका लागि गरिने बीमालाई लघुबीमा भनिन्छ । लघुबीमाद्वारा आर्थिक र सामाजिकरुपमा पिछडिएका वर्गहरुका लागि बीमा सुरक्षा उपलब्ध गराउने व्यवस्थाहरु विभिन्न राष्ट्रहरुमा फरक फरक रहेको पाइन्छ । अन्य मुलुकहरुमा लक्षित वर्गहरुलाई आइपर्न सक्ने जोखिमको रक्षावरण प्रदान होस् भन्ने उद्देश्यले लघुबीमाको व्यवस्था भएको पाइन्छ । लघु बीमामा आम जनमानसको सरल र सहज पहुँच, थोरै बचतले बीमा शुल्क तिर्न पुग्ने, थोरै बीमा शुल्कमा धेरै रक्षावरण समेटिएको, कम बीमाङ्क, बीमा दाबी प्रक्रिया सरल र छिटो जस्ता विशेषता संसारभरी नै रहेको पाइन्छ । यस्तो अन्तर्राष्ट्रिय प्रचलनलाई अपनाई नेपालमा पनि लघुबीमाको अवधारणा ल्याइएको छ । हाल नेपालमा छुट्टै लघुजीवन बीमा कम्पनी ३ (तीन) र लघुनिर्जीवन बीमा कम्पनी ४ (चार) वटाले बीमा व्यवसाय गरिरहेका छन् ।

१०. सामुद्रिक बीमा
एक वा एकभन्दा बढी ढुवानीको साधन प्रयोग गरी मालसामान कार्गो ओसारपसार गर्दा आइपर्न सक्ने जोखिम विरmद्ध गरिने बीमालाई सामुद्रिक बीमा भनिन्छ । अर्को शब्दमा जल वा स्थल मार्गबाट एक ठाँउबाट अर्को ठाउँसम्म ल्याइने व पठाइने माल सामानको बाटोमा पर्न सक्ने सम्भावित क्षतिको विरद्ध गरिने बीमा नै सामुन्द्रिक बीमा हो ।

११. बीमा पुल
कुनै खास प्रकृतिको बीमा वा जोखिमका सम्बन्धमा बीमकले सामूहिक रुपमा जोखिम बहन गर्न, एकै स्थानमा बीमाशुल्क जम्मा गर्न, पुनर्बीमा व्यवस्था गर्न तथा दाबी भुक्तानी व्यवस्था गर्न स्थापित सामूहिक बीमा कोषलाई बीमा पुल भनिन्छ । कुनै नयाँ जोखिम अथवा यस्तो बीमा व्यवसाय जसमा दाबी अनुभव नभएको अथवा दाबी बढी भएको तर समाजमा त्यस्तो बीमा मुलुकको लागि आवश्यक भयो भने सबै बीमा कम्पनीहरु एक आपसमा मिलेर नियामक निकायको निगरानीमा पुल गठन गरी बीमा व्यवसाय गर्दछन् ।

अन्तर्राष्ट्रियस्तरमा मोटरमा तेश्रो पक्ष बीमा, कृषि बीमा, हाइड्रो बीमा, हवाई बीमाको लागि पुल गठन भई बीमा व्यवसाय भएको पाइन्छ । यसबाट प्रभावित भएर नेपालमा जोखिम समूह, वैदेशिक रोजगारबीमा पूल, मोटरमा तेस्रो पक्ष बीमा पुल र कोरोना बीमा पुल नेपाल बीमा प्राधिकरणको निगरानीमा गठन भई बीमा व्यवसाय भएको पाइन्छ ।

१२. हवाई बीमा
दुर्घटनाका कारण हवाईजहाज, हवाईजहाजले बोकेको सामान तथा यात्रुको हानी–नोक्सानी विरmद्ध गरिने बीमालाई हवाई बीमा भनिन्छ । अन्तर्राष्ट्रियस्तरमा नै हवाई बीमा संसारका सबै देशमा अनिवार्य गरिएको हुन्छ । हवाई बीमाको क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यास अनुसारको मान्यता भएको तरनेपालमा पहिला सबै दुर्घटनामा मृत्यु भई क्षतिपूर्ति दिनुपर्ने अवस्थामा मात्र भुक्तानी गरिन्थ्यो ।

१३. प्रविधिको प्रयोग
अन्तर्राष्ट्रिय बीमा बजारमा प्रविधिको प्रयोग गरी बीमालेख खरिद गर्नको लागि प्रस्ताव फारम भर्ने, स्वीकृत गर्ने, मूल्यांकन गर्ने, बीमा प्रिमियम मुल्य निर्धारण गर्ने, बीमालेख जारी गर्ने तथा दाबी भुक्तानी गर्ने तथा तथ्याङ्कको व्यवस्थापन गर्ने विषयहरुले पनि बीमा अभ्यासहरुमा महङ्खवपूर्ण भूमिका खेल्छन् । जसमा कुनै पनि देशकोनागरिकले संसारको कुनै पनि ठाउँबाट प्रविधिको प्रयोग गरी बीमा सेवा लिन सक्छ । बढ्दो प्रविधिको विकासले गर्दा आजको दिनमा नेपाली बीमा बजारमा पनि बीमक तथा बीमितले प्रविधिको प्रयोग गरी बीमालेख खरिद बिक्री सम्बन्धी कार्यगरिरहेको पाइन्छ ।

१४. अन्तर्राष्ट्रिय व्यापार संगठन
विश्व व्यापार संगठन विश्वकै अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित प्रमुख संगठन हो । यसले वस्तु तथा सेवाको निर्यात तथा आयातको अन्तर्राष्ट्रियस्तरको व्यवस्था गर्दछ । कुनै पनि राष्ट्रको उत्पादन विश्वको कुनै पनि स्थानमा व्यापारका माध्यमबाट पुगेको हुन्छ । यसरी सेवा तथा वस्तुको स्थान्तरणमा बीमा समावेश भएको हुन्छ । नेपालमा पनि अन्तर्राष्ट्रिय अभ्यासस्वरुप वस्तु तथा सेवाको स्थान्तरणमा बीमा समावेश भइरहेको पाइन्छ । अन्तर्राष्ट्रियस्तरमा विभिन्न अन्तर्राष्ट्रिय संघ तथा संगठनहरुले बीमा सम्बन्धी काम गर्दै आएका छन् । यीसंघ संगठनहरुका सदस्य विश्वका विभिन्न देशका नियामक निकायहरु रहेका छन् ।

यसले बीमाका नीति निर्माण, नयाँ प्रविधिको विकास तथा विस्तार, जनशक्तिहरुको क्षमता अभिवृद्धि तथा नियमनकारी निकाय तथा बीमकहरुसँग समन्वय र सहकार्य गरी सहयोग पुर्‍याउँदै आइरहेका छन् । बीमा नियमनकारी निकायहरुको अन्तर्राष्ट्रिय संगठन बीमा व्यवसायको सुपरिवेक्षक तथा नियमनकारी निकायहरुको छाता संगठनको रुपमा रहेको छ । यसले बीमा बजारको प्रभावकारी नियमनमा विश्वव्यापीस्तरमा बीमाका मूलभूत सिद्धान्तहरु प्रतिपादन गर्दै सदस्य राष्ट्रहरुलाई प्रोत्साहन गर्दछ । नेपाल बीमा प्राधिकरण स्थापनाकालदेखि नै यस संगठनको सदस्य रहेको छ । अन्तर्राष्ट्रियस्तरमा विभिन्न अन्य संघसंस्थाहरुले पनि बीमा विकासका लागि समन्वय र सहकार्यमा सहयोग पुर्‍याउँदै आइरहेको छन् ।

निष्कर्ष
कुनै पनि देशको अर्थ व्यवस्थाको विकास त्यस्तो मुलुकको बीमा बजारको सशक्तताले मापन गर्न सकिन्छ । किनकि आधुनिक युगमा व्यावसायिक गतिविधिहरु बीमाको उपलब्धताले निर्भर गर्छ । बीमा उद्योगले अर्थ व्यवस्थामा रोजगार, पूँजी निर्माण, बचत परिचालन, आर्थिक सुरक्षा, समाजिक सुरक्षा, क्षतिग्रस्त सम्पत्तिको पुनःनिर्माण, कूल ग्राहस्थ उत्पादनमा वृद्धि र विभिन्न क्षेत्रमा लगानीका लागि पूँजी उपलब्ध गराउँछ । तसर्थ बीमाविनाको संसारको कल्पना पनि गर्न सकिदैन र कुनै एक मुलुकमा हानी नोक्सानी भई आर्थिक क्षति हुँदा त्यसको प्रभाव त्यस मुलुकमा मात्र नपरी अन्य मुलुकहरुमा पनि पर्दछ । यस्तो आर्थिक क्षतिपूर्ति बीमाको माध्यमले अन्य मुलुकहरुले पनि व्यहोर्नुपर्दछ । बीमा व्यवसायको विश्वसनीयता र दिगोपनको सुनिश्चितता गर्नुपर्दछ ।

अन्तर्राष्ट्रियस्तरमा बीमाको अभ्यास नियम, सांस्कृतिक मान्यता, आर्थिक अवस्था र बीमा बजारको संरचनामा भिन्नताका कारण बीमा अभ्यासहरु विश्वव्यापी रुपमा भिन्न भएतापनि केही अभ्यास सिद्धान्त, नियम र प्रक्रियाहरु अधिकांश देशमा एकै प्रकारले अनुसरण गरिन्छ भने नेपालले पनि सोही बमोजिम अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनहरुको अनुसरण गर्दै आइरहेको छ ।

(प्रकाशित लेख नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सव विशेषाङ्गक, २०८२ बीमा समाचार र विचारबाट साभार गरिएको हो ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*