मन्जुश्री फाईनान्सद्वारा केडिया आँखा अस्पताललाई सामाग्री हस्तान्तरण

२० असार २०८२, शुक्रबार १८:०७

काठमाण्डौं । मन्जुश्री फाईनान्स लिमिटेडले विरगञ्ज शाखा मार्फत आरएमः केडिया आँखा अस्पताल, विरगञ्जलाई दुई थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो ।

बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ ।

सुरुवातमा ५ वटा बेडबाट सुरु भएको अस्पताल अहिले १७५ बेड मार्फत बिरामीहरुलाइ सेवा पुर्याउदै आइरहेको छ । प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्यनजर राख्दै मन्जुश्री फाईनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*