स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
२० असार २०८२, शुक्रबार १८:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
प्रधानमन्त्री ओलीले स्पेनको सेभिल्लामा भएको ‘इन्टरनेसनल कन्फेरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ नाइटेड नेसन्स् एफएफडी–४०’ लाई सम्बोधन गरेका थिए ।
यस्तै, प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग पनि भेटवार्ता गरेका थिए । २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली १४ असारमा स्पेन प्रस्थान गरेका थिए ।