मुद्रास्फीति नियन्त्रणदेखि स्थिर विनिमय दरको पुनरावलोकनसम्म: मौद्रिक नीतिका लागि ६ सुझाव

२० असार २०८२, शुक्रबार १८:३४

काठमाडौँ ।  नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कल्पना खनालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ६ महत्वपूर्ण सुझाव दिएकी छन्। उनले पहिलो सुझावमा मौद्रिक नीतिको अन्तिम लक्ष्यको रूपमा रहेको मुद्रास्फीतिलाई एकल अंकको लक्ष तोक्नु भन्दा ४ – ६ प्रतिशतसम्मको अन्तराल (दबलम) तोक्नु उपयुक्त हुने बताएकी हुन् ।

दोस्रो सुझावमा उनले वाह्य स्थिताको सूचकको रूपमा रहेको विदेशी विनिमय सचितिले वस्तु तथा सेवाको आयात सक्ने महिना पनि ५ देखि ७ महिनाको रेन्जमा राख्नु उपयुक्त हुने उल्लेख गरेकी छन्।

उनले श्रणपत्र बजारहरुको विकास गरेर अर्थतन्त्रमा ब्याजदर उतारचढाबलाई केही हदसम्म सम्बोधन गर्न सकिने भएकाले श्रणपत्र बजारको विकास गर्नुपर्ने औंल्याएकी छन्। लामो समयदेखि मौद्रिक नीतिको स्पष्ट आंकडा भारतीय स्थिर विनिमय दर रहेको स्मरण गराउँदै भारतसंगको बढ्दो व्यापार घाटा र पुँजीगत खाता विस्तारै खोलिँदै जान थालेको सन्दर्भमा स्थिर विनिमय दरको विकल्प खोजिनुपर्ने बताएकी छन्। उनले यसका लागि एउटा अध्ययनमा आधारित निकाशा खोजिनुपर्ने सुझाव दिएकी छन्।

निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्ने गरेको निक्षेप र कर्जा बीमाको आकार बन्दै गएको सन्दर्भमा उक्त संस्थाको सम्भावित जोखिम बहन गर्ने क्षमता अभिकृद्धि गर्नुपर्ने उल्लेख गरिएको छ।

साथै सम्पत्ति शुद्धीकरण निवारणका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई प्रयोग गरेर सम्पत्ति शुद्धीकरण हुन नदिन कारोबारको निगरानी गर्नुपर्ने सम्बन्धमा प्रतिवेदनमा प्रयाप्त व्यवस्था गरिएका छन् भन्दै तीलाई परिपालना गरी निगरानी बढाउनुपर्ने सुझाव दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*