सप्तकोसीमा उर्लियो बाढी, एक घण्टामै ६ हजार ८३५ क्युसेकले बढ्यो बहाव

९ आश्विन २०८३, शुक्रबार १३:५७

काठमाडौं । सप्तकोसी नदीमा पानीको सतह निरन्तर बढ्दै गएको छ। बिहीबारदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा समेत जलसतह तीव्र रूपमा उकालो लागेको हो।

शुक्रबार मध्याह्न १२ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा सप्तकोसीको जलसतह दुई लाख १७ हजार ४१५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ। बिहान ११ बजे गरिएको मापनमा नदीको बहाव दुई लाख १० हजार ५८० क्युसेक प्रतिसेकेन्ड रहेको थियो। एक घण्टाको अवधिमै पानीको बहाव ६ हजार ८३५ क्युसेक प्रतिसेकेन्डले बढेको हो।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि कोसी ब्यारेजका ५६ मध्ये २६ वटा ढोका खोलिएका छन्। वर्षा जारी रहेकाले सप्तकोसीमा पानीको बहाव अझ बढ्न सक्ने अवस्था देखिएको छ। नदीको जलसतह बढेसँगै कोसी आसपासका तटीय तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता आवश्यक देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*