क्यान महासंघको उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत चयन

१६ पुष २०८१, मंगलवार १७:२८

काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । लामो समयदेखि महासंघको महासचिवको जिम्मेवारी प्रवाह गर्दै आएका अधिकारीलाई पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औँ महाधिवेशनले उपाध्यक्षमा चयन गरेको हो ।

नेपालको आइटी क्षेत्रमा लामो इतिहास बोकेका र आइटी क्षेत्रको विकासको लागि विभिन्न सरकारी निकायको सम्वनयको लागि समेत अहोरत्र खट्दै आएका व्यक्ति हुन् अधिकारी । उनी अध्यापन पेशामा समेत आवद्ध भएर विद्यार्थीहरुलाई प्राविधिक तथा सुचना सम्बन्धि ज्ञान दिदै आएका छन् ।

अधिकारी यस अघि क्यान महासंघको महासचिवमा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका अनुभवी व्यक्ति हुन् । उनले देशका विभिन्न क्षेत्रमा समेत आइटी सम्बन्धि ज्ञान तथा जानकारी दिनुपर्छ भन्ने उद्देश्यले विभिन्न तालिम तथा जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*