पछिल्लो बाढीपहिरोमा परी १५ जनाको मृत्यु
११ आश्विन २०८३, आईतवार १७:४८

काठमाडौं । असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रवक्ता डीआइजी अबिनारायण काफ्लेका अनुसार विपद्मा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेस प्रदेशमा १ जनाको मृत्यु भएको हो ।
विपद्का घटनामा परी १५ जनाभन्दा बढी बेपत्ता रहेको प्रहरीले जनाएको छ । यस्तै, बाढी, पहिरो लगायतका घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार विपद्मा फसेका तथा प्रभावित गरी हालसम्म १ हजार २ सय ८४ जनाको उद्धार गरिएको छ । प्रहरीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।










