चिनियाँ एआई डिपसेकले अमेरिकी बजारमा हलचल, प्राविधिक कम्पनीहरूको चिन्ता

काठमाडौँ – चिनियाँ कम्पनी DeepSeek द्वारा विकसित गरिएको एआई-समर्थित च्याटबोट DeepSeek ले १० जनवरी २०२५ देखि अमेरिकी एप्पल स्टोरमा सबैभन्दा डाउनलोड भएको निःशुल्क एपको रुपमा स्थान बनाएको छ। एपको चाँडो लोकप्रियता र अमेरिकी एआई कम्पनीहरूको तुलनामा यसको विकास लागत कम हुनुले विश्वभरका प्राविधिक उद्योगलाई झटका दिएको छ।
सिलिकन भ्यालीका भेंचर क्यापिटलिस्ट मार्क एन्ड्रीसेनले DeepSeek लाई एआईमा “सबैभन्दा अद्भुत र प्रभावकारी खोज” भनेर प्रशंसा गरेका छन्। कम्पनीका अनुसार यसका नयाँ एआई मोडेलहरू अमेरिकी कम्पनीहरूको प्रमुख मोडेलहरूसँग तुलनात्मक छन्, जस्तै OpenAI को ChatGPT, तर कम लागतमा। DeepSeek का अनुसन्धानकर्ताहरूले यो एप बनाउन $६ मिलियन (£४.८ मिलियन) मात्र खर्च भएको बताएका छन्, जुन अमेरिकी कम्पनीहरूको तुलनामा निकै कम हो।
चीनको हांगझोउमा २०२३ मा स्थापना भएको DeepSeek ले चाँडै प्रयोगकर्ताहरू र लगानीकर्ताहरूको ध्यान आकर्षित गरेको छ। यसको संस्थापक लियाङ वेनफेङ, जो इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका छन्,ले Nvidia A100 चिपहरूको ठूलो भण्डार संकलन गरेको र यी चिप्सलाई सस्तो विकल्पहरूसँग जोडेर एपको लागत घटाउने उपाय अपनाएका थिए।
यो एपको अमेरिकी बजारमा चाँडो सफलता प्राप्त भएकोले अमेरिकाका एआई क्षेत्रमा प्रभुत्वका भविष्यबारे प्रश्न उठेका छन्, विशेष गरी यो एप एप्पलको अमेरिकी एप्प स्टोरमा सबैभन्दा उच्च रेट गरिएको निःशुल्क एप बनेको छ। प्रयोगकर्ताहरूले यसका एआई सहायकलाई सहायक र व्यक्तित्वपूर्ण जवाफ दिनको लागि प्रशंसा गरेका छन्, यद्यपि यो राजनीति सँग सम्बन्धित संवेदनशील प्रश्नहरूको उत्तर दिनबाट चाही बच्छ।
DeepSeek अहिले आफ्नो शक्तिशाली च्याटबोटका लागि लोकप्रिय हुँदै गएको छ, यसले अमेरिकी प्राविधिक कम्पनीहरू, विशेष गरी Nvidia, जो उच्च प्रदर्शन चिप्स बनाउँछ, बीच चिन्ता पनि उत्पन्न गरेको छ। २७ जनवरी २०२५ मा Nvidia को स्टकमा उल्लेखनीय गिरावट आयो, जसले $६०० अर्बको बजार मूल्य गुमायो, जुन अमेरिकाको इतिहासमा एकै दिनको सबैभन्दा ठूलो गिरावट रेकर्ड गरेको छ।
DeepSeek जसले कम विकसित सेमिकन्डक्टर चिप्स प्रयोग गर्छ, यस विश्वासलाई चुनौती दिन्छ कि केवल उच्च स्तरीय चिप्स र विशाल बजेटले मात्र एआईको सफलता प्राप्त गर्न सक्छ।













