सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
१५ माघ २०८१, मंगलवार १०:२६

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य ओरालो लागि रहेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













