कर्मचारी सञ्चय कोषद्वारा घर सापटी कर्जाको भुक्तानी गर्न ३५ दिनको सूचना

२५ माघ २०८१, शुक्रबार १०:५६

काठमाडौँ । कर्मचारी सञ्चय कोषले घर सापटी कर्जाको भाखा नाघेको साँवा र व्याज भुक्तानी नगरेका ऋणीहरूलाई तोकिएको अवधिमा भुक्तानी गर्न सूचना जारी गरेको छ। कोषले पटक पटक सम्झाउने र भुक्तानीका लागि समयसीमा तोक्दा समेत ऋणीहरू भुक्तानीमा उपस्थित नभएकोले यस पटक सूचना प्रकाशित गरी ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

सूचना अनुसार उक्त समयावधिभित्र सम्पर्क गरी सम्पूर्ण साँवा, व्याज, हर्जाना व्याज तथा अन्य लाग्ने दस्तुर चुक्ता नगरेको खण्डमा कर्मचारी सञ्चय कोष ऐन, २०१९, कर्जा सम्झौता र प्रचलित कानुन अनुसार ऋण असुली प्रक्रिया अघि बढाइने जनाइएको छ।

कोषले धितोमा रहेको अचल सम्पत्ति कब्जा वा लिलाम बिक्री गर्ने चेतावनी समेत दिएको छ। लिलाम बिक्रीबाट कर्जा असुल हुन नसकेमा ऋणी र धितो जमानी दिनेको अन्य चल(अचल सम्पत्तिबाट समेत कानुनी प्रक्रियामार्फत असुली गरिने कोषले स्पष्ट पारेको छ।

यस अतिरिक्त, असुली प्रक्रियामा लागेको सम्पूर्ण खर्च समेत ऋणीबाटै असुल गरिने जानकारी दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*